रेमिरेस

रेमिरेसको संन्यास

ब्रासिलिया । ब्राजिल तथा चेल्सीका पूर्व मिडफिल्डर रेमिरेसले संन्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय रेमिरेस सन् २०२० पछि क्लबविहिन थिए । २०२० मा पल्मेइरस छोडेपछि रेमिरेसप्रति अन्य क्लबले चासो देखाएका थिएनन् ।

ब्राजिलको स्थानीय क्लबबाट व्यवसायिक करियरको सुरआत गरेका रेमिरेज सन् २००९ मा युरोपियन क्लब बेन्फिका आएका थिए ।

दुई सिजनको बेन्फिकामा बिताएपछि उनी इङ्लिस क्लब चेल्सी अनुबन्धित भएका थिए । जहाँ उनले साढे पाँच वर्ष बिताए ।

उनले ब्राजिलको राष्ट्रिय टिमबाट ५२ खेल खेलेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत संन्यासको घोषणा गरेका हुन् ।