फुटबल विश्वकप

इतिहासले विर्सेको विश्वकपको पहिलो ह्याट्रिककर्ता

८५ वर्षअघिको पहिलो विश्वकपमा, अमेरिकाका २० वर्षीय खेलाडी आफूले विश्वकपमा पहिलो ह्याट्रिक गरेको अस्पष्ट भावसहित उरुग्वेको मन्टेभिडियोसिथ्त इस्टाडियो पार्क सेन्ट्रल रंगशालाबाट बाहिरिए । उनको कुरामा टिमका सहकर्मी सहमत भए । उनको प्रशिक्षक, अनि त्यहाँका स्थानीय सञ्चारमध्यामहरु पनि जो भाषाको अवरोध, जर्सीमा नम्बरको अभाव र टेलिभिजन रिप्लेहरुको अस्तित्वमा नभएका कारण गोलकर्ताहरुको पहिचान गर्न संघर्ष गरिरहेका थिए, उनीहरु पनि सहमत भए ।

तर, बेर्ट पेटेनउड, जो आज फिफा कीर्तिमानहरुमा विश्वकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडीको रुपमा दर्ज भएको छन्, उनले आफ्नो कीर्तिमानले आधिकारिकता पाएको भने देख्न पाएनन् । सन् १९७४ अर्थात उनको मृत्युसम्म र त्यसको एक दसकपछि सम्म पनि उनले १०औं र ५०औं मिनेटमा गरेको गोलले मात्र मान्यता पाएको थियो । १५औं मिनेटमा गरेको गोलले भने आधिकारिकता पाएको थिएन ।

पेटेनउडको जन्म सन् १९०९ मा फल रिभर, म्यासाचुसेट्समा भएको थियो । टाइम र केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनी फुटबल मैदानमा निकै कडा मेहनत गर्ने खेलाडीको रुपमा चिनिन्थे, जो सोही स्थानको औधोगिक क्षेत्रमा हुर्किएका थिए । फरवार्डको रुपमा खेल्ने फ्रेन्च-क्यानेडीयन पेटेनउड सटिक निशानेबाज थिए । अमेरिकन सकर लिग (एएसएल)मा उनले सन् १९२८ देखि १९३१ सम्म एक सय ५८ खेलमा एक सय १४ गोल गरे । क्लब करियरका दौरान फिलाडेल्फिया फिल्ड क्लब, नेवार्क अमेरिकन, सेन्ट लुइस सेन्ट्रल ब्रुअरी र फिलाडेल्फिया पोसोनबाट व्यावसायिक फुटबल खेले । तर, फल रिभरका अचुक गोलकर्ता, आफ्नै सहरको टिममा रमाए र यही सफल पनि भए ।

सन् १९३० मा युएस ओपन कपको उपाधि जित्न सहयोग गरेपछि पेटेनउड उरुग्वेमा हुने समर विश्वकपको उद्घाटनका लागि संयुक्त राज्य अमेरिकाको १६ सदस्यीय टिममा समावेश भए । (त्यसबेला अमेरिकाका उत्कृष्ट सेन्टर फरवार्ड मानिने आर्ची स्टार्क प्रतियोगिता सहभागी नहुने भए । कुनै पनि सब्सिच्युचनको अवधारणा नभएको बेला स्टार्कको कारण पेटेनउडका लागि बाटो खुल्यो, जुन खेर पनि गएन ।) १८ दिनको यात्रापछि पेटेनउड र उनका सहकर्मीहरु जुलाई १ मा मन्टेभिडियो आइपुगे । १३ टिम सहभागी प्रतियोगितामा उनीहरुको पहिलो खेल बेल्जियमसँग त्यसको १२ दिनपछि थियो ।

त्यसबेला अमेरिकाको टिम एएसएलबाट प्रेरित थियो । जसमा केही खेलाडीहरु ब्रिटेन र युरोपका खेलाडीझै प्रतिभाशाली थिए । युरोपका केही इलाइट टिमहरु दक्षिण अमेरिकासम्मको यात्रा गर्ने चाहना नभएका कारण प्रतियोगितामा सहभागी भएनन् । अमेरिकी टिममा चाडै घर फर्किने नभए पनि प्रतियोगितामा उनीहरुको चुनौती पन्छाउन सक्ने पर्याप्त टिम थिए ।

पहिलो खेलमा अमेरिकाले बेल्जियमलाई ३-० ले पराजित गर्दा कुनै पनि अमेरिकी पत्रकार त्यहाँ सहभागी नभएको मानिन्छ । पेटेनटउड, २० वर्षका टिमकै युवा खेलाडीले यस खेलमा एक गोल गरे । त्यसको चार दिन पेटेनउडका लागि राम्ररी बित्यो । चार दिनपछि करिब १८ हजार समर्थकहरुका अघि १९२९ को कोपा अमेरिका च्याम्पियन पाराग्वेलाई पनि ३-० ले पराजित गर्दा तीनै गोल पेटेनउडले नै गरे ।

‘उनी त्यसबेला टिमबाट सबै खेलमा लगातार गोल गर्ने खेलाडी जस्तो थिए । जसले धेरै गोलहरु गरे,’ अमेरिकन राष्ट्रिय फुटबलका इतिहासकार रोजर अलावेले पेटेनउडले धेरै पटक चार-पाँँच गोल गरेको कुरालाई इंकित गर्दै भने, ‘त्यसैले उनले गरेको विश्वकपको ह्याट्रिक कुनै पनि प्रकारले आश्र्चयजनक देखिदैन थियो ।’

यो जितपछि अमेरिका सेमिफाइनल पुग्यो, जहाँ उनीहरु अर्जेन्टिनासँग भने ६-१ ले पराजित भए । हारपछि घर फर्किए पनि अमेरिकाको मिडियाले मुश्किलले प्रतियोगिताको बारेमा केही जानकारी दिने गर्दथ्यो । (त्यसबेला प्रतियोगितालाई विश्वकपभन्दा पनि तीन महिना लामो यात्राको रुपमा लिने गरेका केही बताउछन् ।)

यसमा पेटेनउडको आफ्नो छुट्टै कथा छ । उनी विश्वकपको पहिलो ह्याट्रिककर्ता बने । जसले प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका अर्जेटिनाका गियामो स्टेबाइलले मेक्सिकोविरुद्ध तीन गोल गर्नुभन्दा दुई दिन अघि ह्याट्रिक गरेका थिए ।

तर, पेटेनउडको जानकारी, प्रशिक्षकको रिर्पोटका बावजुद आधिकारिक रुपमा भने त्यसबेला उनको ह्याट्रिकले मान्यता पाएन । फिफाका अफिशियल म्याच रिर्पोटले दोस्रो गोल अमेरिकी कप्तान टम फ्लोरीको नाममा दियो । यस्तै, ‘रेकर्ड स्पोर्ट सकर स्टाटिस्टिक्स पाउन्डेसन’ ले भने उक्त गोल पराग्वेबाट आत्मघाती रुपमा भएको जनायो । पेटेनउडलाई चिन्नेहरुका अनुसार पनि उनले यसमा कुनै आपत्ति जनाएनन् ।

‘त्यसबेला सायद उनले ‘मलाई थाहा छ मैले गरेको हो’ मात्र भने होलान् । र म पनि यस कुराको पहाड बनाउदिन,’ पेटेनउडका छोरा बेर्ट पेटेनउडले भने ।

फुटबल करियरको समाप्तपछि पेटेनउडले फुटबलभन्दा बाहिरको जागिर गरे । आफ्नै जन्मदिनमा नै अर्थात ६५ वर्षको उमेरमा सन् १९७४ को नोभेम्बरमा संसारबाट बिदा भएका पेटेनाउडले फिफालाई आफ्नो कीर्तिमान अभिलेखमा राख्न दबाब दिएनन् । पेटेनाउडका नाति, पेटेनउड तेस्रोले भने आफ्ना हजुरबुवाको साथीहरुले उनको कीर्तिमान सत्य भएको बारेमा कुरा गर्ने गरेको आफूलाई सम्झना रहेको बताए । पेटेनाउड जुनियरलाई पनि फिफाको रेकर्ड बूकले सत्यभन्दा फरक कुरा देखाइरहेको थाहा थियो ।

तर, सबै कुरा बद्लियो । जब सन् १९९० को दशकको सुरु भयो, पेटेनाउडको टिमका एक सहकर्मी, सन् १९३० का एक रिजर्भ खेलाडी आर्नी ओलिभर र उत्तर अमेरिकी फुटबल इतिहासकार कोलिन जोसबीच वार्ता भयो । जस, जो विश्वकपको वार्षिक किताव संकलक पनि थिए, उनलाई फिफाले पाराग्वेविरुद्धको खेलमा पेटेनाउडको दुई गोल मात्र गरेको थाहा थियो । ओलिभर, जसले जसलाई ‘नेशनल सकर हल अफ फेम’ कार्यक्रममा भेटेका थिए, उनले उक्त घटना फरक भएको जानकारी गराए ।

‘कार्यक्रमपछि मैले ओलिभरको अन्र्तवार्ता पनि हेरे । उनले त्यहाँ पेटेनाउडको तीन गोलबारे कुरा गरेका थिए,’ जसले भने, ‘मैले १९३० को अमेरिकी म्यानेजरको रिर्पोट र पेटेनाउडले तीन गोल गरेको रेकर्ड राखेका विलफ्रेड कुमिन्सको उक्त रिर्पोट पढ्नुअघि आफ्नो धारणा परिवर्तन गरेको थिइन । यसपछि मैले अब कसरी यो कीर्तिमान सही भएको थाहा पाउन सकिन्छ भन्नेबारे सोच्न थाले ।

पेटेनाउडका सहकर्मीसँगको कुराकानी गरेपछि, उनीहरुको अन्र्तवार्ताको हेरेपछि र कुमिन्सको म्याच रिर्पोट पढेपछि जसले विश्वकपको पहिलो ह्याट्रिकबारे अरु प्रमाणहरु खोज्न लागे । उनले म्यासाचुसेट्स विश्वविद्यालयको भ्रमण गरे, जसले ल्याटिन अमेरिकी अखवारहरुको माइक्रोफिल्स् राखेको थियो ।

यहाँ उनले स्टाडियो डे साओ पाउलोको सन् १९३० जुलाई १९ को रिर्पोट फेला पारे । जसले पाराग्वेविरुद्धको खेलको तीनै गोल पेटेनाउड वा पेटेनान्डले गरेको जनाएको थियो । त्यसपछि उनले ब्युनस आयर्सको प्रकासन ला प्रेन्साको एक पन्ना भेट्टाए, जहाँ पराग्वेविरुद्धको तीनै गोलको डायग्राम दिइएको थियो र ती सबैको श्रेय पेटेनाउडलाई दिइएको थियो ।

दक्षिण अमेरिकी तथ्य, सबै सहकर्मीको गवाही, कुमिन्सको रिर्पोट र युएसएसफको रेकर्डपछि जस फिफामा जाने निर्णयमा पुगे । उनले आफूले संकलन गरेको तथ्यहरु सन् १९९५ को १२ अप्रिलमा फिफालाई पठाए र त्यसको एक महिनापछि विश्व फुटबलको सर्वोच्च निकायबाट उनले एक पत्र प्राप्त गरे । पाराग्वेविरुद्धको दोस्रो गोलको श्रेय आत्मघाती वा फ्लोरीलाई दिइएको भए पनि फिफाले यस विषयमा अनुसन्धानको लागि ‘बाह्य विशेषज्ञ’ नियुक्त गर्ने जानकारी दियो ।

‘जब उनीहरुले ‘हामी यसका लागि विज्ञ खटाउछौं’ भने मैले मनमनै हो निश्चित रुपमा उनीहरुले गर्नेछन् भन्ने सोचे,’ जसले भने, ‘र, उनीहरुले गरे पनि ।’

फिफाको अनुसन्धानबाट निराश भए पनि जसले पेटेनाउड आधिकारिक रुपमा विश्वकपको पहिलो ह्याट्रिकको श्रेय दिइएको जानकारी पाए ।

यो विषयको समाधान भइसके  पनि यसबारे फिफाले जसलाई आधिकारिक रुपमा कुनै जानकारी दिएन । जसले निकै पछि फिफाको सन् २००० तिरको आधिकारिक म्यागाजिन पढ्दा पेटेनाउडको ह्याट्रिक प्रमाणित भएको जानकारी पाएको बताए । उनले भने, ‘त्यसमा सानो सुचना लेखिएको थियो । जसमा पेटेनाउडको ह्याट्रिक प्रमाणित भएको जानकारी थियो ।

‘म धेरै उत्साहित भइन,’ उनले भने, ‘म पेटेनाउडको ह्याट्रिक प्रमाणित भएकैमा खुसी थिए ।

तर, विश्व फुटबलमा भने फिफाले सन् २००६ मा घोषणा गर्नुअघि पेटेनाउडको उपलिब्धको उल्लेखनीय प्रशारण भएन । (यसबारे केही व्यक्तिहरुले कुरा गर्थे, यस्तै, यसबारे दाबी सार्वजनिक गर्ने बेला अमेरिकामा फुटबलको उत्साह खासै थिएन ।)

फिफाको घोषणामा ‘धेरै खाेजविन र फुटबल समर्थकहरुबाट आएको प्रमाणसँगै अमेरिकी सकर फेडेरेसनले गरेको लामो अनुसन्धानपछिको पुष्टिपछि’ फिफा यो निर्णयसम्म आइपुगेको लेखिएको थियो ।

फिफाको यो घोषणा न्युयोर्क टाइम्सको वेबसाइटमा पढेकामध्ये एक व्यक्ति थिए, पेटेनाउडका नाति बेर्ट पेटेनाउड तेस्रो । जसले ३२ वर्षअघि आफ्नो हजुरबुबाको अनाधिकारिक ह्याट्रिकको बारेमा सुनेका थिए । यसबारे फिफाले अनुसन्धान सुनेको बताए पनि उनले कोलिन जसको कामबारे भने कुनै जानकारी थिएन । उनले यो जानकारी आफ्नो बुबालाई सुनाए ।

‘जब मैले बुबालाई बोलाए, उनको पहिलो वाक्य, ‘तिमि मसँग मजाक गरिरहेका छौं.....’ भन्ने थियो,’ पेटेनाउड तेस्रोले भने, ‘हाम्रो परिवारमा यो एक निकै चिसो मुद्दा थियो । म सोच्थे, हजुरबुबाको त्यो ह्याट्रिक सँधैका लागि हरायो ।’