चितवन टाइगर्सलाई अब आइडिएस सिल्क स्पोर्टले नेतृत्व गर्ने

काठमाडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको टोली चितवन टाइगर्सको नेतृत्व आइडिएस सिल्क स्पोर्टस प्रालिले अघि बढाउने भएको छ । 

टाइगर्सको माउ संस्था आइडिएस ग्रुप र सिल्क ग्रुपले संयुक्त रुपमा आइडिएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ । 

कार्यक्रममा चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान, लायन्स डिष्ट्रिक्ट ३२५ बी टुका गर्भनर लायन रामप्रसाद भट्ट, चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले क्लबको व्यवस्थापनमा आएको परिवर्तनबारे जानकारी गराए ।