चितवन टाइगर्सद्वारा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी सार्वजनिक

काठमाडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली चितवन टाइगर्सले चितवन क्रिकेट संघको सहयोगमा गरेको ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीहरु सार्वजनिक गरेको छ । 

मंगलबार भरतपुरस्थित होटल चिराइँचुलीमा व्यावसायिक प्रतिष्ठानका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थितिमा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीहरु बारे जानकारी गराएको छ । 

आउँदो असोज नौं गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने इपिएलको चौथो संस्करणका लागि ट्यालेन्ट हन्टबाट चितवनले कृजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छानिएको जानकारी गराइयो ।

चितवन टाइगर्सको प्रशिक्षणमा तत्काल सहभागि गराइने ट्यालेन्ट हन्टबाट आएका पाँच खेलाडीमध्ये एक जनालाई समावेश गर्दै टोलीले असोज दुई गते प्रतियोगिता खेल्ने अन्तिम टोलीको घोषणा गर्ने जनाएको छ । ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीहरुलाई चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले क्याप प्रदान गरेका थिए । 

चितवन टाइगर्सको टोलीः 

सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया) 
प्रमुख प्रशिक्षकः सामसन जंग थापा 
टिम व्यवस्थापक र सहायक प्रशिक्षकः पुरु सिंह
टिम मेन्टर र सहायक प्रशिक्षकः पुरनेन्दु घोष 
टिम डाक्टरः डा.प्रकाश पौडेल 
फिजियोथेरापिस्टः डा.सौगात श्रेष्ठ 
टिम प्रमुखः किशोर भट्टराई
अपरेशन डाइरेक्टरः विनिता चौधरी भट्टराई
असिसटेन्ट मिडिया डाइरेक्टरः राजन शाह
पीआर एण्ड मार्केटिङः अशुतोष घिरैया