बिसिसीआइ

क्रिकेटमा पनि खेलाडी परिवर्तन !

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले घरेलु ट्वान्टी २० प्रतियोगिता सयाद मुस्ताक अली ट्रफीमा खेलाडी परिवर्तन (सब्सिच्युसन) को नियम ल्याउने भएको छ ।

प्रतियोगिता अक्टोबर ११ देखि सुरु हुनेछ । बिसिसीआइले राज्य क्रिकेट संघहरुलाई पठाएको पत्रमा प्रत्येक खेलमा एक खेलाडी परिवर्तन गर्न सक्ने उल्लेख गरेको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिसिसीआइ यसअघिदेखि नै क्रिकेटमा खेलाडी परिवर्तनको नियम ल्याउने योजनामा रहेको खुलाएका छन् । सार्वजनिक खबरकाअनुसार बिसिसीआइले पछिल्लो केही वर्षयता इन्डियन प्रिमियर लिग (आइपिएल) मा पनि खेलाडी परिवर्तनको नियम ल्याउने योजनामा थियो ।

‘बिसिसीआइ ट्वान्टी २० खेलमा ‘इम्प्याक्ट प्लेयर’ को रुपमा सहभागी टिमले एक खेलाडीलाई परिवर्तन गर्न सक्ने अवधारणा प्रस्तुत गर्न चाहन्छ,’ पत्रमा उल्लेख छ ।