अस्ट्रेलिया-न्युजिल्यान्ड शृंखला

एकदिवसीय क्रिकेटमा दुई वर्षपछि स्मिथको सतक

मेलबर्न । अस्ट्रेलियाका मध्यक्रम ब्याटर स्टिभ स्मिथले एकदिवसीय क्रिकेटमा करिव दुई वर्षपछि सतक बनाएका छन् ।

स्मिथले आइतबार न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा एक सय पाँच रन बनाए । न्युजिल्यान्डविरुद्ध तेस्रो नम्बरमा ब्याटिङका लागि आएका स्मिथले एक सय ३१ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

स्मिथले पछिल्लो पटक सन् २०२० को नोभेम्बरमा भारतविरुद्धको एकदिवसीय खेलमा सतक बनाएका थिए ।

उनको यो १२औं एकदिवसीय सतक हो । यस्तै, क्रिकेटका तीनै संरचनामा भने स्मिथको यो ४०औं सतक हो । टेस्ट क्रिकेटमा २८ सतक बनाएका स्मिथले ट्वान्टी २० अन्तर्राष्ट्रियमा भने हालसम्म सतक बनाउन सकेको छैनन् ।