नेपालको केन्या भ्रमण

केन्याविरुद्ध नेपालले ब्याटिङ रोज्यो

नौरबी । केन्याविरुद्धको पाँचौं ट्वान्टी २० खेलमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ ।

केन्याको राजधानी नौबरीस्थित जिमखाना क्रिकेट मैदानमा भएको टस जितेपछि नेपालका कप्तान सन्दीप लामिछानेले ब्याटिङको निर्णय लिए । नेपाली टिममा मुख्य प्रशिक्षक मनोज प्रभाकरले खेल साहब आलम र आरिफ शेखको स्थानमा विवेक यादव र बासिर अहमदलाई मौका दिएका छन् ।

नेपालले केन्यासँग पाँच खेलको ट्वान्टी २० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । शृंखलाअन्तर्गत भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा १८ रनले नतिजा सुम्पिएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो । चौथो खेलमा नेपाल पराजित भएसँगै शृंखला अहिले २-२ को अवस्थामा छ ।

आजको खेल जित्नेले शृंखला आफ्नो पक्षमा पार्नेछ ।