स्कट पार्कर

बर्नमाउथका मुख्य प्रशिक्षक पार्कर बर्खास्त

लन्डन । लिभरपुलसँग ९–० गोलको नतिजामा पराजित भएसँगै बर्नमाउथले मुख्य प्रशिक्षक स्कट पार्करलाई बर्खास्त गरेको छ । इङ्ल्यान्डको राष्ट्रिय टिमका पूर्व मिडफिल्डरसमेत रहेका पार्करको टिम प्रिमियर लिगअन्तर्गत एनफिल्डमा फराकिलो नतिजामा पराजित भएको थियो ।

एडी होवे न्युक्यासल गएपछि बर्नमाउथले २०२१ मा पार्करलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनकै नेतृत्वमा बर्नमाउथ यो सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।

जारी सिजनको पहिलो खेलमा एस्टन भिल्लालाई पराजित गर्दै राम्रो सुरुआत गरेको बर्नमाउथ त्यसपछिका तीन खेलमा म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलसँग एक गोल पनि नगरी पराजित भएको थियो ।