एसिया कप क्रिकेट

पाकिस्तानले भारतलाई दियो १४८ रनको लक्ष्य

दुबई । एसिया कप २०२२ अन्तर्गत भारतविरुद्ध पाकिस्तानले एक सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

दुबई अन्तर्राष्ट्रिय रंशगालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रनको योगफल तयार गर्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाए । रिजवानले ४२ बलमा चार चौका र एक छक्का प्रहार गरे । इफ्तिखर अहमेदल २८ रन बनाए । यसबाहेक, सहबाज दहनीले १६ रन जोड्दा कप्तान बाबर आजम र फकर जमामले समान १० रन जोडे । हरिस रौफले १३ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिए । भुवनेश्वरले चार ओभरमा २६ रन खर्चिए । हार्दिक पन्ड्याले तीन विकेट लिए । यस्तै, अर्शदीप सिंहले दुई र अभेस खानले एक विकेट हात पारे ।

पाकिस्तानले स्कोरबोर्डमा १५ रन छँदा कप्तान आजमलाई गुमाएको थियो । ४२ रनमा फकर जमानलाई गुमाएको पाकिस्तानले ८७ रनमा इफ्तिखर अहमेदलाई गुमायो । इफ्तिखर अहमेद र रिजवानले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।

यसपछि ९६ रनमा चौथो विकेटको रुपमा रिजवानलाई गुमाएको पाकिस्तानले ९७ रनमै खुसदील साहलाई पाँचौ विकेटको रुपमा गुमायो ।

स्कोरबोर्डमा एक सय १२ रन हुँदा आसिफ अलि आउट भए । एक सय १४ रनमा मोहम्मद नवाज आउट हुँदा एक सय २८ मा सादब खान र नसिम अलि एकै ओभरमा पभेलियन फर्किए ।