विराट काेहली

कोहलीको कीर्तिमान

दुबई । विराट कोहली ट्वान्टी २०, एकदिवसीय र टेस्ट गरी क्रिकेटका तीनै संरचनामा १०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो भारतीय ब्याटर बनेका छन् ।

कोहलीले आज (आइतबार) पाकिस्तानविरुद्धको खेलसंगै क्रिकेटका तीनै संरचनामा १०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो भारतीय ब्याटर बनेका हुन् ।

कोहलीले भारतका लागि ट्वान्टी २० क्रिकेटमा १०० खेल खेल्दा दुई सय ६२ एकदिवसीय र एक सय दुई टेस्ट खेल खेलेका छन् ।

कोहलीले सन् २००८ मा श्रीलंकाविरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । उनले सन् २०१० मा जिम्बाब्वेविरुद्ध भारतबाट पहिलो ट्वान्टी २० खेल खेलेका थिए । कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरुद्धको खेलसँगै टेस्टमा ‘डेब्यु’ गरेका थिए ।