काठमाडौं । टेबलटेनिसका नेपाली अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा २६औं एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि निर्णायकमा छनोट भएका छन् ।
सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । २००६ मा अन्तर्राष्ट्रिय निर्णायक उत्तीर्ण गरेका महरा टेबलटेनिस संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।
उनी एसियाली टेबलटेनिस युनियनका कम्पिटिसन म्यानेजर हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक र कम्पिटिसन म्यानेजरको भूमिका निर्वाह गरेका महरा चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि समेत निर्णायकमा छनोट भएको प्रथम उपाध्यक्ष वज्राचार्यले जानकारी गराए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
