अम्पायरिङ स्कोरिङ तालिम

क्रिकेट अम्पायरिङ स्कोरिङ तालिम सम्पन्न

चितवन । क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा शनिबार चितवनमा दुई दिने अम्पायरिङ स्कोरिङ तालिम सम्पन्न भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) को सहययोग र क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल भरका कुल ७१ जना अम्पायर र स्कोररले सहभागि जनाएका थिए । नेपालका आइसिसी प्यानल अम्पायरद्वय दुर्गानाथ सुवेदी र विनयकुमार झाले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा २० जना स्कोर र ५९ विभिन्न लेभल कोर्स गरेका अम्पायरहरुको उपस्थिति रहेको थियो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङको विषयमा सहभागि प्रशिक्षार्थीहरुले अनुभव साटेका थिए । कार्यक्रममा क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह मुख्य अतिथि रहेका थिए । कार्यक्रममा कोषध्यक्ष सिंहले नेपालमा क्रिकेट विकासमा अम्पायरको ठूलो भूमिका रहेको बताए । कोषध्यक्ष सिंहले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा अम्पायरहरुले राम्रो काम गरेको भन्दै क्यान अम्पायर संघको प्रवर्धनमा सधै सकारात्मक भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले वार्षिक रुपमा बजेट छुट्टाएर यस्ता प्रशिक्षण कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागिहरुलाई कोषाध्यक्ष सिंह, चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष सुदिप पिया लगायतले प्रमाण पत्र वितरण गरे ।