अन्तरविद्यालय इन्डोर क्रिकेट

अन्तरविद्यालय इन्डोर क्रिकेट: वाई पोन्टिङ र पशुपति फाइनलमा

इटहरी ।  वाई प्वाइटिङ र पशुपति स्कुल इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा पशुपतिले लिटील पिस हेभनलाई एक विकेटले पराजित गर्यो। यस्तै, दोस्रो सेमिफाइनलमा वाई प्वाइटिङले ग्रिन पिसलाई २६ रनले पराजित गर्यो ।

त्यसअघि आजै भएको लिग चरणको खेलहरुमा वाई प्वाइटिङले मकालु, पशुपतिले एसओएस, लर्ड बुद्धले सुनसरी कृष्टल, स्केयर हर्टले माउन्ट मकालु र एसओएसले लर्ड बुद्धलाई पराजित गरेका थियो । सोमबारदेखि सुरुभएको प्रतियोगिताको फाइनल भोलि (बिहीबार) हुनेछ ।  

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउँदा उत्कृष्ट ३५ खेलाडीहरुले इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण पाउने छन् ।