खेलाडी सरुवा

सान्चेज मार्सेमा अनुबन्धित

पेरिस । इन्टर मिलानका पूर्व स्ट्राइकर एलेक्सिस सान्चेज फ्रेन्च लिग वान क्लब मार्सेमा अनुबन्धित भएका छन् । बुधबार सफल स्वास्थ्य परिक्षण पूरा भएसँगै सान्चेज आधिकारिक रुपमा फ्रेन्च क्लबसँग जोडिएका हुन् ।

यसअघि इन्टरले सान्चेजसँगको सम्झौता नविकरण नगर्ने घोषणा गरेपछि उनी मार्सेसँग जोडिएका थिए । मंगलबार मार्सेले सान्चेजसँगको सम्झौताका लागि सैद्धान्तिक सहमति भएको समेत सार्वजनिक गरेको थियो ।

पूर्वा बार्सिलोना, आर्सनल र म्यानचेस्टर युनाइटेडका खेलाडी सान्चेज पछिल्लो सिजन इन्टरबाट सात खेलमा मात्र पहिलो रोजाईमा खेलेका थिए । चिलीका अन्तर्राष्ट्रिय खेलाडी सान्चेज इन्टरले सन् २०२०–२१ को सिरी ‘ए’ उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य थिए ।

मार्सेले बुधबार जारी गरेको विज्ञप्तिमा ‘उच्च स्तर र अनुभवी एक विश्वस्तरीय खेलाडी’ भन्दै रुपमा सान्चेजको तारिफ गरिएको छ ।