आइसिसी

आइसिसी पुरुष 'जुलाई' उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पुरुषतर्फ जुलाई महिनाको उत्कृष्ट खेलाडीका लागि मनोनयन सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक भएका तीन मनोनित खेलाडीमा एक इङ्लिस सुपरस्टार, एक श्रीलंकन स्पीनर र एक फ्रान्सेली युवा खेलाडी समेटिएका छन् ।

आइसिसीले आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको सूचीमा इङ्लिस ब्याटर जोनी बेयरिस्टो, श्रीलंकन स्पीनर प्रवथ जयसुरिया र फ्रेन्च युवा स्टार गस्टभ म्याकियोन मनोनयनमा परेका हुन् ।

आइसिसीको वेबसाइटमार्फत हुने भोटिङको आधारमा विजेताको टुङ्गो लाग्ने छ ।