टेन हाग

खेल नसकिँदै रंगशालाबाट बाहिरिनु स्वीकार्य छैन: टेन हाग

लन्डन । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले खेल नसकिँदै खेलाडी बाहिरिएको विषय स्वीकार्य नहुने बताएका छन् । युनाइटेडले गत आइतबार रायो भालेकानोसँग खेलेको मैत्रीपूर्ण खेलका दौरान क्रिस्टियानो रोनाल्डो खेल नसकिँदै ओल्ड ट्राफोर्डबाट बाहिरिएका थिए ।

मध्यान्तरमा सब्स्टिच्युट भएका रोनाल्डो तुरुन्तै रंगशालाबाट निस्केका थिए । ‘म यो सहन्न । कसैका लागि पनि मलाई यो स्वीकार्न सकिने हो जस्तो लाग्दैन,’ हागले भने, ‘हामी एक टिम हौं र अन्तिमसम्म बस्नै पर्छ ।’

सम्भव भएसम्म युनाइटेड छाड्ने मनसायमा रहेका पोर्चुगिज कप्तान रोनाल्डोलाई हागले सुरुआती ११ मा स्थान दिएका थिए ।

तर, ४६औं मिनेटमा हागले रोनाल्डोलाई निकालेर अमाद डियाल्लोलाई मैदान प्रवेश गरेका थिए ।