विश्व कप

२०३० को विश्वकप गर्न अर्जेन्टिनासहित चार देशको संयुक्त दावी

जुरिच । अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी गरेका छन् । सन् १९३० मा भएको विश्वकपको पहिलो विश्वकप आयोजना गरेको उरुग्वे शताब्दी उत्सवमा विश्वकप फर्काउन चाहन्छ ।

‘यो महादेशकै सपना हो,’ दक्षिण अफ्रिकी फुटबल महासंघ (कन्मेबोल)का अध्यक्ष अलेजान्ड्रो डोमिनग्वेजले भनेका छन् ।

स्पेन र पोर्चुगलले पनि संयुक्तरुपमा आयोजक बन्नका लागि प्रस्ताव गरिसकेका छन् । विश्वकपको पहिलो फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै उरुग्वेले उपाधि उचालेको थियो ।

‘धेरै विश्वकप हुनेछन्, तर १०० वर्ष एक पटक मात्रै हुनेछ । त्यसैले यो ‘घर’मा फर्किनुपर्छ,’ डोमिनिग्वेजले भनेका छन् । चिलीले सन् १९६२ मा र १९७८ मा अर्जेन्टिनाले विश्वकपको आयोजना गरेको थियो ।