सन्दीप लामिछाने

सन्दीपले ‘द सिक्स्टी’ खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

६० बलको प्रतियोगिताको कप्तान सन्दीप जमैका तल्लावासबाट खेल्न लागेका हुन् । प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै, ६ विकेटको मात्र खेल हुनेछ ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरे पनि त्यसअघि यो प्रतियोगिता हुन लागेको कारण सन्दीप पनि टिममा परेका हुन् ।