कराते

विश्व सोतोकानमा दुई नेपालीले खेल्ने

काठमाडौं । जापानमा हुने १५औं विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

साउन १६ देखि २२ गतेसम्म जापानमा हुने प्रतियोगिताको पुरुषतर्फ ७० केजीमुनि तौल समूहमा  फणिन्द्रप्रसाद जंगम र महिलातर्फ ५५ केजीमुनिको तौल समूहमा अद्रिना थापाले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ ।  

दुई खेलाडीको नेतृत्व गर्दै जापान जाने तयारीमा रहेका नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ र व्यवस्थापकमा लीलाराज डाँगीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाई गरे ।

कराते च्याम्पियनसिपमा सहभागिता जनाउन चार सदस्यीय सोतोकान कराते टोली शनिबार त्यसतर्फ लाग्नेछ ।