दृष्टिविहिन क्रिकेट

नेत्रहिन क्रिकेटमा घिमिरेको नेतृत्व निरन्तर

काठमाडौं । नेत्रहिन क्रिकेट संघ नेपालको नेतृत्वमा पवन घिमिरेले निरन्तरता पाएका छन् ।

बिहीबार सम्पन्न संघको १७औं साधारणसभाले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गीता पौडेल, महासचिवमा अमृत बराल, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिवमा निलकण्ठ तिमिल्सेना चयन भएको संघद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी साधारणसभाले दृष्टिविहिन महिला क्रिकेटलाई माथि उचाल्ने उद्देश्यसहित पाँच सदस्यीय महिला समिति पनि गठन गरेको छ । आगामी तीन वर्षका लागि गठित महिला समितिको संयोजकमा समिक्षा ज्ञवाली चयन भइन । यसैगरी समितिको सदस्यमा मुना अर्याल, भगवती अम्गाई, सुशीला चौधरी र सरिता घिमिरे चयन भएका छन् ।

संघको नेतृत्वमा निरन्तरता पाएपछि नेत्रहिन क्रिकेट संघका अध्यक्ष घिमिरेले दृष्टिविहिन क्रिकेटका गतिविधिलाई आगामी दिनमा थप शसक्तताका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।