इङ्लिस प्रिमियर लिग

नुनेजलाई थप समर्थन आवश्यकः क्लोप

लन्डन । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले यसै सिजन एन्फिल्डमा भित्रिएका डार्विन नुनेजलाई समर्थन गर्न टोलीका अन्य खेलाडीलाई आग्रह गरेका छन् । 

लिभरपुलले बुधबार मैत्रीपूर्ण खेलमा साल्जबर्गलाई १-० को नतिजा सुम्पिएको थियो । 

क्लोपले दोस्रो हाफमा नुनेजसँगै फाबियो कार्भाल्हो र हार्बी एलिएटलाई  मैदान उतारेका थिए । केही दिन अघि सम्पन्न आरबी लिपजिकविरुद्धको खेलमा भने नुनेज एक्लैले चार गोल गरेका थिए ।

‘हामीले पहिलो हाफमा धेरै गल्तीहरु गर्यौ’, क्लोपले भने, ‘पाएको गोलको अवसर पनि हामीले सदुपयोग गर्न सकेनौ । नुनेज क्लबमा नयाँ छन् । उनलाई थप समर्थनको आवश्यकता छ ।’

लिभरपुलले शनिबार कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । आइतबार प्रि-सिजनअन्तर्गतको अन्तिम मैत्रीपूर्ण खेलमा लिभरपुलले स्टार्सबर्गको सामना गर्नेछ । 

लिभरपुलले अगस्ट ६ मा फुलहमविरुद्धको गोलसँगै प्रिमियर लिगको नयाँ सिजनको सुरआत गर्नेछ ।