न्यूजिल्यान्ड क्रिकेट

पुरुष र महिला क्रिकेटरको पारिश्रमिक समान बनाउने न्यूजिल्यान्ड क्रिकेटको निर्णय

विलिङटन । न्यूजिल्यान्ड क्रिकेट बोर्डले पुरुष र महिला खेलाडीलाई समान पारिश्रमिक दिने भएको छ ।

न्यूजिल्यान्ड क्रिकेटले मंगलबार महिला र पुरुष दुबै खेलाडीको पारिश्रमिक समान गर्ने घोषणा गरेको हो ।

‘यो महत्वपूर्ण सम्झौतामा पुग्नका लागि भूमिका खेल्ने खेलाडी र संघलाई धन्यवाद र बधाई दिन चाहन्छु,’ न्युजिल्यान्ड क्रिकेट बोर्डका कार्यकारी प्रमुख डेविड वाइटले भने, ‘यो हाम्रो खेलाडी र संघको लागि महत्वपूर्ण निर्णय हो । यसले क्रिकेटको प्रगति र विकासको लागि जग बन्ने काम गर्छ भन्ने हाम्रो विश्वास छ ।’