बलियो नेपाल क्रिकेट

बलियो नेपाल कप यु १५ क्रिकेट प्रतियोगिताको उपाधि मधेशलाई

काठमाडौं । बाग्मती प्रदेशलाई चार विकेटले हराउँदै मधेश प्रदेशले आइतबार बलियो नेपाल कप यु १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि जितेको छ ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा टस हारेर ब्याटिङमा आएको बाग्मतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनको लक्ष्य बाग्मतीसामू प्रस्तुत गरेको थियो ।

बाग्मतीका लागि आकाश टमाटाले २३ रन जोडेका थिए । मधेशका साइमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट हात पारे ।

त्यसको जवाफी ब्याटिङमा आएको मधेशले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा ९५ रनको लक्ष्य पुरा गर्यो । मधेशका लागि प्लेयर अफ दि म्याच रंजन यादवले ३४ रनको इनिङ खेले । बाग्मतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बलियो मधेश प्रदेशका साइमन रोए घोषित भए । बलियो ११ का जेनिश मगर, कमल शाही र बलियो बाग्मती प्रदेशका युवराज खत्री प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए ।