नेपाली क्रिकेट

युगान्डाविरुद्धको ट्वान्टी २० शृंखलाको लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा

काठमाडौं । जेठ पहिलो सातादेखि हुने युगान्डाविरुद्धको पाँच खेलको ट्वान्टी २० शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

शनिवार नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो । 

नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल जेठ दुई गतेदेखि सुरु हुनेछ । यस्तै, नेपालले तीन गते दोस्रो, पाँच गते तेस्रो, ६ गते चौथो र सात गते पाँचौ खेल खेल्नेछ ।

नेपाली टिमः

रुविना क्षेत्री (कप्तान), सिता रानामगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, संगिता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, डोली भट्ट, हिरन्मायी रोय