चैत्र ७, २०८२ शनिबार | १२:३१:४०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन झरना श्रेष्ठ

भलिबलबाट टाढिइन् झरना

पारिवारिक व्यस्तताका कारण उदीयमान खेलाडी झरना श्रेष्ठले भलिबलबाट बिदा लिएकी छन् । पछिल्लो चार वर्ष भलिबल कोर्टमा छाएकी झरनाले २१ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलमार्फत विशेष ख्याति कमाएकी थिइन् ।

२०७४ सालदेखि झरनाले न्यु डायमन्ड स्पोर्ट्स क्लबबाट भलिबल खेल्दै आएकी थिइन् । तर, अब भने वैवाहिक सम्बन्धमा गाँसिदै गर्दा उनले भलिबल कोर्टसँगको नाता भने तोडेकी हुन् ।

‘पारिवारिक समस्याले गर्दा भलिबल छाड्नुप¥यो,’ झरना भन्छिन्, ‘भविष्य नदेखेर भलिबल छोड्न लागेको पक्कै होइन ।’

मोरङको पथरीस्थित रेड स्टार स्कुलमा पढ्दै गर्दा भलिलबमा झरनाको रुचि पस्यो । त्यतिबेला चर्चाको शिखरमा रहेकी प्रतिभा माली उनको आदर्श थिइन् । गुरुहरूबाट प्रतिभाको खेल्ने शैलीबारे सुन्दा झरनालाई आफू पनि त्यस्तै खेलाडी बन्ने इच्छा पलायो ।

२०७० सालबाटै भलिबल खेल्न थाले पनि उनको असली खेलजीवन त्यसको चार वर्षपछि अर्थात २०७४ सालमा काठमाडौंको न्यु डायमन्ड क्लबबाट सुरु भयो ।

‘पूर्वाञ्चलबाट खेल्दा त नराम्रोमध्ये म राम्रो थिएँ । न्यु डायमन्डमा आएपछि चाहिँ धेरै मिहिनेत गरेँ,’ झरनाले सुनाइन् ।

झरनालाई टिमको हिस्सा बनाएयता न्यु डायमन्डले भाग लिएका थुप्रै प्रतियोगिता जितेको छ । उपाधि नजिते पनि झरनाको प्रदर्शनप्रेरित न्यु डायमन्डले दोस्रो वा तेस्रो स्थानभन्दा तल झर्नुपरेको छैन ।

नियमित रूपले खेल्न थालेको ७ वर्षपछि झरना गत वर्ष पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेकी थिइन् । एसियन सेन्ट्रल जोन भलिबलका लागि क्याम्पमा बोलाइए पनि उनी अन्तिम टोलीमा अटाउन सकिनन् । राष्ट्रिय टिमको जर्सी नलगाई भलिबल छोड्नुपर्दा झरनालाई कम्ता दुःख लागेको छैन ।  

आफ्नो खेल करिअरलाई विश्राम लगाउनुअघि झरनाले न्यु डायमन्डलाई चितवन र दमकमा भएको भलिबल प्रतियोगिताको उपाधि जिताएकी थिइन् । जुन उनले जीवनभर गौरव गर्ने क्षण बन्यो ।

झरनाले भलिबल खेलमा भविष्य नदेखेकी होइनन् । लगातारको मिहिनेत र परिश्रमले एक दिन सफल हुनेमा उनी विश्वस्त थिइन् । तर पारिवारिक बाध्यताले खेललाई निरन्तरता दिन नसकेकामा भने उनी दुःखी छन् ।

झरना नेपाली भलिबल खेल, अझ भन्नुपर्दा समग्र नेपाली खेलकुदको प्रतिनिधि पात्र मात्रै हुन् । अध्ययन तथा विवाहका कारण सिपोरा गुरुङ, रमिला तन्डुकार, परीक्षा गुरुङजस्ता सुपरस्टारहरू सानै उमेरमा बिदा भएको नमीठा यादहरूमाझ झरना पारिवारिक व्यस्तता र व्यक्तिगत जीवनको दोसाँधमा च्यापिएकी पछिल्लो पात्र बनेकी छन् ।