फाल्गुन २३, २०८२ शनिबार | १०:३७:३०
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन हिरनमई राय

डेब्युमै चम्किएकी किशोरी क्रिकेटर

कुनै पनि खेलाडीका लागि राष्ट्रिय टोलीमा स्थान बनाउने मुख्य प्रवेशद्वार भनेकै उमेर समूहको प्रतियोेगिता हो । विभिन्न उमेर समूहमा गर्ने प्रदर्शनका आधारमै तीे खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउँछन् ।

यस्तो अवसर पाउने खेलाडी एकाध मात्र हुन्छन् । असाध्यै विरलैमात्र त्यस्ता खेलाडी भेट्न सकिन्छ, जसले उमेर समूहमा प्रतिस्पर्धा नै नगरी सिनियर राष्ट्रिय टोलीमा स्थान पक्का गर्छ । यस्तै भाग्यमानी खेलाडी हुन, हिरनमई राय ।

१५ वर्षीया रायले गत साता नेपालमै सम्पम्न युगान्डाविरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखलाअन्तर्गतको चौथो खेलसँगै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट ‘डेब्यु’ गरिन् ।

गत फागुनमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न ललितपुर मेयर्स महिला ट्वान्टी–२० क्रिकेट रायको पहिलो प्रतियोगिता थियो । उनले प्रदेश एक ाट उक्त प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

उनले चैत पहिलो साता धनगढीमा सम्पन्न यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सोही प्रदर्शनका आधारमा उनी यु–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउन सफल भएकी थिइन् ।

उनले मलेसियामा हुने यु–१९ विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा बोलाइएको १८ सदस्यीय टोलीमा स्थान बनाएकी थिइन् । प्रशिक्षणमा देखाएको प्रदर्शनकै आधारमा उनी राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । यद्यपि यु–१९ टोलीको अन्तिम छनोट भने भइसकेको छैन ।

क्रिकेट खेल्न सुरु गरेको दुई वर्ष नबित्दै रायले राष्ट्रिय टोलीमा स्थान बनाइन् । जुन लक्ष्य लिएर उनी क्रिकेट खेलमा लागेकी थिइन्, त्यो सपना पूरा भएको छ । तर उनका लागि आगामी दिनमा स्वाभाविक प्रदर्शनका साथ राष्ट्रिय टोलीमा स्थान बनाइरहनु अर्को चुनौती हो ।

‘मैले क्रिकेट खेल्न सुरु गरेको मात्र दुई वर्ष भयो,’ रायले भनिन्, ‘१३ वर्षकै उमेरमा मैले झापाको प्याट्रिओटिक क्रिकेट एकेडेमीबाट क्रिकेट खेल्न सुरु गरें । यसबीच केही राष्ट्रिय प्रतियोगिताहरुमा पनि खेलें । कुनै न कुनै दिन राष्ट्रिय टोलीमा स्थान बनाउँछु भन्ने लक्ष्य राखेको थिएँ । तर यति छिट्टै त्यो सपना पूरा होला भन्ने सोचेको थिइनँ । घरेलु मैदानमा ‘डेब्यु’ गर्न पाउनु मेरा लागि विशेष क्षण हो ।’

नेपालले घरेलु मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय शृंखला खेलेको यो पहिलो पटक हो । नेपालको खराब ब्याटिङले तेस्रो खेलसम्म लगातार निरन्तरता पाउँदा अन्तिम दुई खेलअगावै पाँच ट्वान्टी–२० खेलको शृंखला ३–० ले गुमाइसकेको थियो । पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए पनि ‘डेब्यु’ गर्न पाउँछु भन्नेमा विश्वासचाहिँ उनले गरेकी थिइनन् ।

‘राष्ट्रिय टोलीबाट डेब्यु गर्न पाउनु नै एउटा खेलाडीको सपना हुन्छ । अझ त्यसमाथि टोलीको जितमा योगदान गर्न पाउनु विशेष नै हुने गर्छ,’ उनले भनिन्, ‘यो शृंखलामा मैले अन्तिम दुई खेल खेलें । मेरा लागि यो ठूलो अवसर थियो । यही अवसरमा मैले आफ्नो क्षमता प्रमाणित गर्न पाएँ । अन्तिम दुई खेल जित्दै शृंखलामा लज्जास्पद हारको संकट त टा¥यौं, तर घरेलु मैदानमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय शृंंखला जितेको भए अझ यादगार हुन्थ्यो ।’

प्रशिक्षक जगत टमाटाले रायलाई युगान्डाविरुद्धको चौथो खेलमा अवसर दिए । उक्त खेलमा जित निकाल्दै नेपालले शृंखला क्लिन स्विप हुनबाट जोगायो । ‘डेब्यु’ खेलमै सुखद नतिजा र पहिलो खेलमै प्लेयर अफ दी म्याच भइन् । उनी यसलाई विशेष क्षण भएको बताउँछिन् । उनले पहिलो खेल नै यादगार बनाउने क्रममा ३ ओभरमा ११ रन खर्चंदै २ विकेट लिइन् । पाँचौं खेलमा भने उनले ४ ओभरमा १७ रन खर्चंदै एक विकेट लिइन् ।

‘राष्ट्रिय टोलीबाट डेब्यु गर्न पाउनु नै एउटा खेलाडीको सपना हुन्छ । अझ त्यसमाथि टोलीको जितमा योगदान गर्न पाउनु विशेष नै हुने गर्छ,’ उनले भनिन्, ‘यो शृंखलामा मैले अन्तिम दुई खेल खेलें । मेरा लागि यो ठूलो अवसर थियो । यही अवसरमा मैले आफ्नो क्षमता प्रमाणित गर्न पाएँ । अन्तिम दुई खेल जित्दै शृंखलामा लज्जास्पद हारको संकट त टा¥यौं, तर घरेलु मैदानमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय शृंंखला जितेको भए अझ यादगार हुन्थ्यो ।’

उनी कक्षा १० मा पढ्दैछिन् । क्रिकेटप्रतिको लगावकै कारण उनले एसइई परीक्षा छाडिन् । उनले भनिन्, ‘राष्ट्रिय टोलीमा पर्नु विशेष अवसर हो । यस्तो अवसर पटक–पटक आउँदैन । त्यसैले मैले परीक्षा छाडें ।’

‘यु–१९ टोलीको बन्द प्रशिक्षणमा रहँदा नै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्न सफल भएँ,’ रायले भनिन्, ‘युगान्डाविरुद्धको दुई खेलमा बट्ुलेको अनुभव मलेसियामा हुने यु–१९ विश्वकप छनोटका लागि फलदायी हुनेमा आशावादी छु ।’