टियु बिबिए कप क्रिकेट

पब्लिक युथलाई लगातार तेस्रो पटक टियु बिबिए कप क्रिकेटको उपाधि

काठमाडौं । आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेश्रो पटक टियु बिबिए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई (केसीएमआइटि) १२ रनले पराजित गर्यो । पब्लिक युथले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको केसीएमआइटिले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनमात्र बनाउन सक्यो ।

केसीएमआइटिको ब्याटिङमा सुवास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित मरहट्टाले ३१ रन बनाए । पब्लिक युथका बलर दिवश भट्टराई र सुशान्त सिंहले २र२ विकेट तथा रबिन साउद र सुबोध लामिछानेले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पब्लिक युथ क्याम्पसले निर्धारित २० ओभरमा चार विकेट क्षतिमा एक सय ४९ रन बनाएको थियो ।

पब्लिक युथको ब्याटिङमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए जुन क्रममा उनले ३९ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ तथा सुनिल थापाले १५ रन बनाए ।

केसीएमआइटिका सक्षम उप्रेती, सुवाश सापकोटा र सवन भण्डारीले एक/एक विकेट लिए ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी पब्लिक युथका रबिन साउद घोषित भए । यस्तै, उत्कृष्ट बलर पब्लिक युथका दिवस भट्टराई र उत्कृस्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए ।

उपाधिसंगै पब्लिक युथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआइटिले ३५ हजार रुपैयाँ प्राप्त गर्यो । विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहले पुरस्कार वितरण गरे ।

म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविधालयका १८ क्याम्पस सहभागी थिए ।