आइपिएल

दिल्ली र पञ्जावबीचको खेल स्थल परिवर्तन

मुम्बई । इन्डियन प्रिमिय लिग (आइपिएल) अन्तर्गत बुधबारको लागि तय भएको दिल्ली क्यापिटल्स र पञ्जाव किङ्सबीचको खेल पुनेबाट मुम्बईमा सारिएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले मंगलबार यी दुई टोलीबीचको खेल सार्ने निर्णय गरेको हो । बिसीसीआईले मंगलबार एक विज्ञप्ति जारी गर्दै बन्द बसमा लामो दुरीको यात्राको क्रममा पहिचान हुन नसकेका कोभिड १९ संक्रमणलाई बच्नका लागि’ खेल स्थान सारिएको जनाएको छ ।

यस्तै, बिसीसीआईले विज्ञप्तिमा दिल्ली क्यापिटल्सका कोभिड संक्रमित पाँच सदस्यको नाम पनि सार्वजनिक गरेको छ । यस सुचीमा एक खेलाडी र चार अन्य अफिसियलहरु रहेका छन् ।

विज्ञप्तिमा कोभिड संक्रमित सबै आइसोलेसनमा रहेको बुधबार विहान दिल्लीका खेलाडीसहित सबै सदस्यको आरटी–पिसीआर परिक्षण गरिने उल्लेख छ ।