ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

तेस्रो स्थानका लागि घरेलु टोलीविरुद्ध खेल्दै नेपाल

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकप ग्लोबल छनोटको तेस्रो स्थानका लागि बिहीबार घरेलु टोली ओमानविरुद्ध मैदान उत्रँदा नेपाल जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । सेमिफाइलनमा सयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको थियो ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

ग्लोबल छनोटअन्तर्गत समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

दुबै टोली छनोटको सेमिफाइलनमा पुगे पनि पराजित भएपछि अस्ट्रेलियामा अक्टोबरदेखि सुरु हुने विश्वकपमा पुग्न असफल भएका थिए ।

नेपाल समूह ‘बी’ को विजेताको रुपमा र ओमान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । तर, सेमिफाइलनमा नेपाल युएईसँग ६८ रनले र ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

सेमिफाइनलमा जित निकाल्दै फाइलन पुगेका युएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् ।