आइसिसी वरियता

आइसिसी वरीयता: सन्दीपको वरीयतामा १६ स्थान सुधार

काठमाडौं । आइसिसी ट्वान्टी २० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानले ठुलो छलाङ मारेका छन् ।

आइसिसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछाने ट्वान्टी २० बलिङ वरीयताको ४३औं स्थानमा उक्लिए । यसअघि वरीयता ५९औं स्थानमा रहेका सन्दीपले १६ स्थान सुधार गरे ।

यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औं स्थानमा उक्लिए । यसअघि वरीयताको ९८औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे ।

आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसिसीले नयाँ वरीयता सार्वजनिक गरेको हो ।

छनोटको सेमिफाइनलमा पराजित भएसँगै विश्वकप पुग्न असफल भए पनि सन्दीपले चार खेलमा नौ विकेट लिएका थिए । यस्तै, समान खेलमा अविनास बोहराले सात विकेट लिए । नेपाल छनोटको सेमिफाइलनमा सयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएसँगै विश्वकपमा छनोट हुन असफल भएको थियो । नेपालले बिहीबार तेस्रो स्थानका लागि घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आइसिसीले जारी गरेको वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत छन् । यस्तै, दोस्रो स्थानमा अस्ट्रेलियाका जस हेजलउड र तेस्रो स्थानमा इङ्ल्यान्डका आदिल रासिद पनि यथावत् छन् ।