ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

ललितपुरलाई लुम्बिनीको ९५ रनको लक्ष्य

काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियन्ससिपमा लुम्बिनी प्रदेश महिलाले ललितपुर मेयर्स ११ महिलासामू ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९४ रन बनायो ।

लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले सर्वाधिक ३१ रन बनाइन् । उनले ४७ बलमा दुई चौका प्रहार गरिन । यस्तै, सरस्वती पुनले २० र नेरी थापाले १५ रन बनाइन् ।

ललितपुरकी सुमन खतिवडाले तीन विकेट लिदाँ सिला श्रेत्रीले एक विकेट लिइन् ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश एक, लुम्बिनी प्रदेश र आयोजक ललितपुर गरी पाँच टोली सहभागी छन् ।

दुई खेल खेलेको एपिएफ लगातार जितसँगै चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान दुई खेलमा एक जित र एक हार बेहोरेको सुदूरपश्चिम दुई अंकसहित दोस्रो स्थानमा छ । यस्तै, प्रदेश एक र ललितपुर समान एक खेलमा हारसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।