अस्ट्रेलिया-श्रीलंका क्रिकेट शृंखला

अस्ट्रेलिया ६ विकेटले विजयी

मेलबर्न । श्रीलंकाविरुद्धको चौथो ट्वान्टी २० क्रिकेटमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको छ ।

मेलबर्न क्रिकेट मैदानमा एक सय ४० रनको लक्ष्य अस्ट्रेलियाले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ४८ रन बनाए । अन्तिमसम्म अविजित रहेको म्याक्सवेलले तीन चौका प्रहार गरे । यस्तै, जस इङ्लिसले ४०, र एस्टोन एगरले २६ रन बनाए ।

श्रीलंकाका लहिरु कुमाराले दुई विकेट लिँदा महिस थिक्क्षणा र दुस्मन्था चमिराले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३९ रनको योगफल खडा गरेको थियो ।

श्रीलंकाका ओपनर पथुम निसांकाले सर्वाधिक ४६ रन बनाए । यस्तै, कुशल मेन्डिसले २७, चरिथ असलन्काले २२ र दनुस्का गुणाथिलाकाले १७ रन जोडे ।

अस्ट्रेलियाका जी रिचर्डशन र केन रिचर्डशनले समान दुई विकेट लिए । यस्तै, एस्टोन एगर र एडम जाम्पाले समान एक विकेट लिए ।

पाँच खेलका शृंखला अस्ट्रेलियाले ४-० ले आफ्नो पक्षमा पारिसकेको छ ।