आइपिएल अक्सन

आइपिएल अक्सनका लागि १५ नेपाली खेलाडीको नाम दर्ता

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । 

आइपिएलले शनिबार जारी गरेको विज्ञप्तीमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएको उल्लेख छ । यद्यपि, दर्ता गर्ने खेलाडीको नाम भने सार्वजनिक भएको छैन ।

आइपिएलको २०२२ को सिजनका लागि विश्वभरबाट एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा तीन सय १८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन् ।

यसमध्ये पनि ४१ खेलाडी एसेसिएट राष्ट्रका खेलाडी छन् । नेपालबाट १५ सहित एसेसिएट राष्ट्र ओमानबाट तीन, अमेरिकाबाट १४, नामिबियाबाट पाँच र भुटान, स्कटल्यान्ड र नेदरल्यान्ड्सबाट समान एक खेलाडीले नाम दर्ता गराएका छन् ।

यस्तै टेस्ट राष्ट्र जिम्बाबेबाट दुई, आयरल्यान्डबाट तीन, अफगानिस्तानबाट २०, अस्ट्रेलियाबाट ५९, बंगलादेशबाट नौ खेलाडीले नाम दर्ता गराएका छन् । यसैगरि इङ्ल्यान्डबाट ३०, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६ र वेस्ट इन्डिजबाट ४१ खेलाडीले नाम दर्ता गराएका छन् ।