चारदेशिय क्रिकेट शृंखला खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले चार देशिय ट्वान्टी २० शृंखला खेल्ने भएको छ ।

नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने ट्वान्टी २० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा फेब्रुअरी १७ बाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशिय ट्वान्टी २० शृंखला खेल्न लागेको हो ।

शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुनेछन् ।

शृंखलाको पहिलो खेलमा नेपाल फेब्रुअरी ११ मा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ ।

त्यस्तै फेब्रअरी १२ मा दोस्रो खेलमा युएईविरुद्ध र फेब्रुअरी १४ मा आयरल्यान्डसँगै खेल्नेछ ।

ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, जर्मनी र आयोजक ओमान छन् ।

ग्लोबल छनोटका खेलहरु फेब्रुअरी १७ देखि २४ सम्म हुने तालिका छ ।