अस्ट्रेलियन ओपन

सबालेन्का अन्तिम १६ मा

मेलबर्न । विश्व वरियताको दोस्रो स्थानकी अर्यना सबालेन्का वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन् ।

शनिबार मेलबर्न पार्कमा भएको खेलमा सबालेन्काले चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोउसोभालाई ४-६ ६-३ ६-१ को सेटमा पराजित गरिन् ।

सबालेन्काले पहिलो सेट ४-६ ले गुमाए पनि त्यसपछिका दुई सेटमा उत्कृष्ट कमब्याक गरिन् ।

सन् २०१७ देखि ग्रान्डस्लाममा डेब्यु गरेकी सबालेन्का गत वर्ष ओपनको चौथो चरणबाट बाहिरिएकी थिइन् ।

सबालेन्काले क्वार्टरफाइनल प्रवेशका लागि एस्टोनियाकी काया केनेपीको सामना गर्नेछिन् ।

केनेपीले तेस्रो चरणमा अस्ट्रेलियाकी म्याडिसन इंग्लिसलाई २-६ ६-२ ६-० को सेटमा पराजित गरिन् ।

केनेपी गत सिजन ओपनको तेस्रो चरणबाट बाहिरिएकी थिइन् ।