अफगानिस्तान-नेदरल्यान्ड्स शृंखला

अफगानिस्तान ३६ रनले विजयी

दोहा । नेदरल्यान्ड्सलाईविरुद्धको पहिलो एकदिवसीय खेलमा अफगानिस्तानले ३६ रनको जित निकालेको छ । जितसँगै तीन खेलको शृंखलामा अफगानिस्तानले १ ० को अग्रता बनाएको छ । 

कतारको दोहामा सम्पन्न खेलमा अफगानिस्तानले दिएका दुई सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४८ ओभरमा एक सय ८६ रनमै समेटियो ।

नेदरल्यान्ड्सका ओपनर स्कट एडवार्डले सर्वाधिक ६८ रन बनाए । एक सय ११ बल खेलेका एडवार्डले आठ चौका प्रहार गरे । त्यस्तै कप्तान पिटर सिलरले ३२, बोरिस गोर्लीले १६ र मुसा अहमेदले ११ रन बनाए ।

अफगानिस्तानका राशिद खानले तीन विकेट लिए । त्यस्तै मुजिव उर रहमान र युमिन अहमेदजाइले समान दुई विकेट लिए

यसअघि टस हारेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २२ रनको योगफल खडा गरेको थियो ।

अफगानिस्तानका कप्तान हसमतुल्लाह साहिदीले सर्वाधिक ७३ रन बनाएका थिए । उनले ९४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै रहमत शाहले ७०, उस्मान घानीले २४, र गुलबदिन नैबले १६ रन बनाए ।

नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले तीन विकेट लिए । यस्तै फ्रेड क्लासेनले दुई विकेट लिँदा विवियन किंग्मा, फिलिप्पे बोइसेभिन र कोलिन अक्रेमनले समान एक विकेट हात पारे ।