श्रीलंका-जिम्बाबे क्रिकेट शृंखला

सहज जितसँगै श्रीलंकालाई शृंखला

कोलम्बो । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा एक सय ८४ रनको सानदार जित निकालेसँगै जिम्बाबेविरुद्धको तीन एकदिवसीय खेलको शृंखला श्रीलंकाले २-१ ले जितेको छ ।

शृंखलाको पहिलो खेलमा श्रीलंकाले २२ रनको जित निकाल्दा दोस्रो खेलमा जिम्बाबे पाँच विकेटले विजयी भएको थियो ।

अन्तिम खेलमा श्रीलंकाले दिएका दुई सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बाबे २४.४ ओभरमा ७० रनमै समेटियो ।

तकुड्वानासे काइतानोले सर्वाधिक १९ रन बनाए । त्यस्तै रियान बर्लले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका जेफ्री भानडेर्सीले चार विकेट लिए । ७.४ ओभर बलिङ गरेका भानडेर्सी दुई मेडन राख्दै १० रनमात्र खर्चिए । त्यस्तै रमेश मेन्डिस र दुसमन्था चमिराले समान दुई विकेट लिँदा महेस थिक्षना र चमिका करुणारत्नेले एक/एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय ५४ रनको योगफल तयार गरेको थियो ।

श्रीलंकाका पथुम निसान्काले सर्वाधिक ५५ रन बनाए । उनले ६६ बलमा ६ चौका प्रहार गरे । त्यस्तै चरिथ असलन्काले ५२, कुशल मेन्डिसले ३६, चमिका करुणारत्नेले ३० र रमेश मेन्डिसले २६ रन बनाए ।

जिम्बाबेका रिचर्ड नगारवाले दुई विकेट लिँदा टेन्डाइ चटरा, ब्लेसिन मुचाराबानी, वेलिंगटन मसकाजा, रियान बर्ल र सेन विलियम्सले समान एक विकेट लिए ।