भारत र दक्षिण अफ्रिका शृंखला

दक्षिण अफ्रिकालाई शृंखला

बोल्यान्ड पार्क । दोस्रो खेलमा सात विकेटको जित निकालेसँगै दक्षिण अफ्रिकाले भारतविरुद्धको एकदिवसीय शृंखला २-० ले जितेको छ ।

यसअघि अफ्रिकाले तीन खेलको टेस्ट शृंखला २-१ ले जितेको थियो । पहिलो खेलमा दक्षिण अफ्रिका ३१ रनले विजयी भएको थियो ।

बोल्यान्ड पार्कमा भारतले दिएको दुई ८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८.१ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा जानेम्यानले मलानले सर्वाधिक ९१ रन बनाए । उनले एक सय आठ बलमा आठ चौका र एक छक्का प्रहार गरे । त्यस्तै क्विन्टन डी ककले ७८ रन बनाउँदा आइदेन मार्करम र रसे भान डेरले समान ३७ रन बनाए ।

भारतका जसप्रित बुमराह, युजभेन्द्र चहल र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

यसअघि बोल्यान्ड पार्कमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ८७ रनको योगफल तयार गरेको थियो ।

भारतका ऋषब पन्तले सर्वाधिक ८५ रन बनाएका थिए । पन्तले ७१ बलमा १० चौका र दुई छक्का प्रहार गरे । यस्तै कप्तान लोकेश राहुलले ५५, शार्दुल ठाकुरले ४०, शिखर धवनले २९ र रविचन्द्रन आश्विनले २५ रन जोडेका थिए । टोलीका पूर्वकप्तान विराट कोहली भने ‘गोल्डेन डक आउट’ भएका थिए ।

दक्षिण अफ्रिकाका तवरेज साम्सीले दुई विकेट लिएका थिए । त्यस्तै केशव महारेज, आइदेन मार्करम, सिसन्दा मगाला र एन्डिले फेह्लुक्वायोले समान एक विकेट हात पारेका थिए ।