कोभिडका कारण इङ्ल्यान्‍डको नयाँ टोली 

लन्डन, (खेलाडी)- सात खेलाडीमा कोभिड १९ संक्रमण पुष्‍टी भएपछि इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि यसअघिको पूरा टोली हटाउँदै नयाँ टोलीको घोषणा गरेको छ । 

मंगलबार पाकिस्तानविरुद्धको शृंखलाका लागि अभ्यासरत इङ्ल्यान्डको टोलीका सात खेलाडीमा कोभिड १९ पुष्‍टी भएको थियो । कोभिड संक्रमण पुष्‍टी हुनेमा तीन खेलाडी र चार जना व्यवस्थापन टोलीका सदस्य रहेको बताइएको छ । यससँगै समग्र टोली नै आइसोलेसनमा बस्‍नुपर्ने भएकाले पाकिस्तानविरुद्धको शृंखलाका लागि नयाँ टोली घोषणा गरिएको हो ।

तीन एकदिवसीय खेलको शृंखलाअन्तर्गत पहिलो खेल बिहीबार कार्डिफमा हुनेछ । जहाँ इङ्लिस टोलीको कप्तानी बेन स्टोक्सले सम्हाल्ने छन् ।

इङ्ल्यान्डले केही दिनअघि मात्र श्रीलंकाविरुद्ध तीन एकदिवसीय खेलको शृंखला २-० ले जितेको थियो ।