अर्जेन्टिना कोपाको फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

रियो दी जेनेरियो, (खेलाडी)औ नाटकीय पेनाल्टी सुटआउटमा बुधबार बिहान कोलम्बियामाथि जित हासिल गर्दै लियोनेल मेसीको अर्जेन्टिनाले साविक विजेता ब्राजिलविरुद्धको फाइनल भिडन्त पक्का गरेको छ ।

गोलकिपर इमिलियानो मार्टिनेजले नायकको भूमिका निर्वाह गरेपछि अर्जेन्टिनाको फाइनलयात्रा पक्का भएको थियो । १९९३ यता पहिलो पटक उपाधि जित्‍ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई फाइनल पुर्‍याउनका लागि टाई ब्रेकरमा तीन पेनाल्टी बचाएका थिए । टोलीले आइतबार बिहान हुने फाइनलमा साविक विजेता ब्राजिलको सामना गर्नेछ । 

निर्धारित समय ११ को बराबरीमा टुंगिएपछि खेल निर्णयार्थ टाई ब्रेकरमा धकेलिएको थियो । जहाँ अर्जेन्टिनाले ३-२ को नतिजा निकाल्यो । 

अर्जेन्टिनी टोलीबाट पहिलो उपाधि जित्‍ने प्रतिक्षामा रहेका मेसीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सातौं मिनेटमा अग्रता दिलाएका थिए । 

कोलम्बियाका लुइस डियाजले ६१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । डियाजले एड्विन कोर्डोनाको पासमा गोल गरेका थिए । 

टाई ब्रेकरमा अर्जेन्टिनाका तर्फबाट मेसी, लियोनार्दो ड्यानिअल परेड्स र मार्टिनेजले गोल गरे भने रोडरिगो डी पाउलको प्रहार असफल भयो । 

कोलम्बियाका तर्फबाट हुवाँ क्‍वार्डाडो र मिगुअल बोर्जाको प्रहार गोलमा परिणत हुँदा डेभिनसन सान्चेज, येरी मिना र इड्विन कार्डोनाको प्रहार अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले बचाएका थिए ।