ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए

काठमाडौं । घरेलु टोली नेपाल ‘ए’ ले ट्वान्टी २० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए ।

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको लक्ष्यमा छ । यसअघि नेपाल २१ र ४० रनले पराजित भएको थियो ।

यता आयरल्यान्ड पनि जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्न चाहन्छ ।

नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ ।  किरण ठगुन्ना बेन्चमा रहँदा नारायण जोशीलाई मौका दिइएको छ । 

नेपाली टोली

विनोद भण्डारी(कप्तान), लोकेश बम, देव खनाल, नारायण जोशी, आरिफ शेख, सराफ, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी, विपिन खत्री