ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’विरुद्ध लोकेशको शतक

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ का ओपनर लोकेश बमले शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २२३ रनको लक्ष्य पछ्याएको नेपालका लागि लोकेशले ५२ बलमा समान आठ चौका र छक्काको मद्दतले शतक पूरा गरेका हुन् ।

लोकेशलाई आरिफ शेखले ४५ रन बनाएर साथ दिइरहेका छन् ।