माघ १५, २०८२ बिहीबार | २०:१०:४०
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं । ओपनर लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ ट्वान्टी २० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ ।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार आयरल्यान्ड‘ए’ ले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनायो ।  

नेपालका लागि लोकेशले ५६ बलमा नौ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १०६ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ४९ र कप्तान विनोद भण्डारीले १६ रन बनाए । 

चौथाे विकेटका लागि लोकेश र आरिफले १२१ रनको साझेदारी गरे ।आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु फोस्टरले र म्याथ्यु हम्प्रेसले समान तीन तथा थोमस मायस र गाभिन होयले समान एक विकेट लिए ।

त्यसअघि ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । यसैगरी  कप्तान नील रकले ३८ र काडे कारमाइकलले समान ३८, स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए ।

दोस्रो विकेटका लागि मो र कारमाइकलले ८८ रनको साझेदारी गरे । नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।