चैत्र ६, २०८२ शुक्रबार | ०५:५५:३५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं । ओपनर लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ ट्वान्टी २० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ ।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार आयरल्यान्ड‘ए’ ले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनायो ।  

नेपालका लागि लोकेशले ५६ बलमा नौ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १०६ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ४९ र कप्तान विनोद भण्डारीले १६ रन बनाए । 

चौथाे विकेटका लागि लोकेश र आरिफले १२१ रनको साझेदारी गरे ।आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु फोस्टरले र म्याथ्यु हम्प्रेसले समान तीन तथा थोमस मायस र गाभिन होयले समान एक विकेट लिए ।

त्यसअघि ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । यसैगरी  कप्तान नील रकले ३८ र काडे कारमाइकलले समान ३८, स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए ।

दोस्रो विकेटका लागि मो र कारमाइकलले ८८ रनको साझेदारी गरे । नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो