चैत्र १३, २०८२ शुक्रबार | २१:४३:४५
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई
शनिबारको दिन धनन्जय डी सिल्भा - कामिन्दु मेन्डिस

दोहोरो ‘शतकमाथि शतक’

काठमाडौं । बंगलादेश र श्रीलंकाबीच हालै सिलेटमा भएको पहिलो टेस्ट क्रिकेट वास्तवमै ऐतिहासिक रह्यो । यो के अर्थमा भन्दा दुई टेस्ट सिरिजको यस खेलमा त्यस्तो एउटा कीर्तिमान बन्यो, जुन वास्तवमै दुर्लभ छ । सबैलाई थाहा छ टेस्ट क्रिकेट इतिहास कति लामो छ भनेर । जत्तिकै लामो भए पनि दोहोरो ‘शतकमाथि शतक’को कीर्तिमान जम्मा तीनपल्ट बनेको छ ।

त्यसमध्ये पछिल्लो कीर्तिमान त्यही सिलेट टेस्टमा बन्यो । यो कस्तो कीर्तिमानभन्दा उक्त टेस्टमा श्रीलंकाका दुई ब्याटरले दुवै इनिङ्समा शतक बनाएका थिए । एउटै ब्याटरलाई एउटा टेस्टको दुवै इनिङ्समा शतक बनाउन गाह्रो हुन्छ । त्यसमाथि एउटै टेस्टमा दुई ब्याटरले त्यस्तै उपलब्धि हात पार्छ भने त्यो त गजब हुने भयो ।

श्रीलंकाका लागि सिलेट टेस्टमा धनन्जय डी सिल्भा र कामिन्दु मेन्डिसले यस्तै अद्वितीय उपलब्धि चुमेका हुन् । श्रीलंकाले पहिले ब्याटिङ गर्दै २ सय ८० रन बनाएको थियो । त्यसमा कप्तान डी सिल्भाले १ सय २ र मेन्डिसले पनि १ सय २ रन नै बनाए । श्रीलंकाली दोस्रो इनिङ्समा भने जहाँ डी सिल्भाले १ सय ८ रन बनाए, त्यहीं मेन्डिसको ब्याटबाट १ सय ६४ रन निस्कियो ।

त्यसको सहयोगमा श्रीलंकाले उक्त इनिङ्समा ४ सय १८ रन बनाएको थियो । पछि श्रीलंकाले टेस्ट नै ३ सय २८ रनको ठूलो अन्तरले जित्यो । यसअघि यस्तै कीर्तिमान दुईपल्ट कसले बनाएको थियो त ? त्यसका लागि केही पछाडि जानुपर्ने हुन्छ । त्यो भनेको सन् १९७४ तिर फर्कौं । न्युजिल्यान्डविरुद्धको त्यस टेस्टमा अस्ट्रेलियाका लागि प्रसिद्ध च्यापल दाजुभाइले दुवै इनिङ्समा पालैपालो शतक बनाएका थिए ।

इङ्ल्यान्डविरुद्धको एसेज टेस्टमा ग्रेग च्यापलले २ सय ४७ र १ सय ३३ रन बनाए । त्यसपछि इयान च्यापलले १ सय ४५ र १ सय २१ रन बनाएका थिए । त्यसपछि त्यस्तै उपलब्धि हात पार्ने भाग्य लेखिएको थियो, पाकिस्तानका मिसवाह उल–हक र अजर अलीको नाममा । यो कीर्तिमान भने सन् २०१४ मा सम्भव भएको थियो ।

दुबईमा खेलिएको यो टेस्ट भने अस्ट्रेलियाविरुद्ध थियो । पाकिस्तानको पहिलो इनिङ्समा अजरले १ सय ९ रन बनाए । त्यसपछि मिसवाहले १ सय १ रन जोडे । त्यसको सहयोगमा पाकिस्तानले ६ विकेटमा ५ सय ७० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्याे । पछि पाकिस्तानले आफ्नो दोस्रो इनिङ्समा ३ विकेटमा २ सय ९३ रन बनाएर इनिङ्स समाप्तिको निर्णय गर्याे ।

त्यसमा अजर ठ्याक्कै सय रन बनाएर नटआउट रहे अनि मिसवाहले नटआउट १ सय १ रन बनाए । त्यो टेस्टमा पाकिस्तान ३ सय ५६ रनको ठूलो अन्तरले विजयी रह्यो । अब यही सूचीमा डी सिल्भा र मेन्डिस पनि थपिए । उनीहरूको खुसी यसमै थियो कि आफूहरू इतिहासमा दोहोर्याएर र लेखिने नाम भएका छन् ।