ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’विरुद्ध फिल्डिङ गर्दै नेपाल

फाइल फोटो

काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी २० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले ब्याटिङको निर्णय लिए ।

नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एक अर्कासँग भिड्न लागेका हुन् । दुवै टोली जितका साथ शृंखलाको सुरुआत गर्ने लक्ष्यमा छन् ।

शृंखलाको दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि नेपालले भारत गएर बरोडा र गुजरातसँस समान दुई ट्वान्टी २० खेल खेल्नेछ।

नेपालले आइसिसी ट्वान्टी २० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग शृंखला खेल्न लागेको हो।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा