इक्वालिटी कप ट्वान्टी २० महिला क्रिकेट

विराटनगरमा महिला क्रिकेट हुने

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इक्वालिटी कप  ट्वान्टी २० महिला क्रिकेट प्रतियोगिता  हुने भएको छ ।

सोमबार आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगिता नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फागुन २२ देखि फागुन २४ गतेसम्म विराटनगर-६ स्थित ज्वाला क्रिकेट मैदानमा गर्न लागेकाे हाे  ।

प्रतियोगिताकाे तेस्रो संस्करणमा कोशी प्रदेशबाट मोरङ र इलाम तथा मधेश प्रदेशबाट सिरहा र सप्तरीको सहभागिता हुने आयोजक संस्थाका अध्यक्ष अभिषेक श्रेष्ठले बताए ।

एक-अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगितामा करिब ५ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताले यस क्षेत्रका महिला खेलाडीको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने क्रिकेट विथआउट वाउन्ड्रीकी स्वयंसेवक प्रशिक्षक रचना रामचन्दनले बताइन् । वाउण्ड्रीका स्वयंसेवक प्रशिक्षक वेलायती नागरिक काउपेड्रीले महिला खेलाडीमा क्रिकेटप्रति उत्सुकता रहेको बताए ।

यस्तै अर्का स्वयंसेवक प्रशिक्षक एच लाम्वले महिलालाई घर परिवारबाट खेल्न लगाइने बन्देज हटाउन चेतना वृद्धिको आवश्यकता रहेको उल्लेख गरे । प्रतियोगिताका लागि वाउन्ड्रीका ६ स्वयंसेवक प्रशिक्षक आएका छन् ।