झापा गोल्डकप

एपिएफ सेमिफाइनलमा

झापा ।  विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सोमाबर भएको खेलमा एपिएफले सर्लाहीको बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ले हरायो ।

एपिएफको जितमा गोलकिपर एन्जल श्रेष्ठ नायक बने । उनले बागमतीका निर्मल घिसिङ र अनिल रानामगरको प्रहार बचाए । बागमतीका लागि अभि लामा, विमल घिसिङ र दिवस लिम्बुले मात्र गोल गर्न सके । एपिएफका सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले जाली चुमाए ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय  पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पिएफले यसअघि उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।