आइपिएल

कोन्वेले आइपिएलको पहिलो चरण गुमाउने

काठमाडौं । न्युजिल्यान्डका ओपनर डिभोन कोन्वले चोटका करण इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो चरण गुमाउने भएका छन् ।

अस्ट्रेलियाविरुद्धको ट्वान्टी २० शृंखलाका दौरान कोन्वेको औंलामा चोट लागेको थियो । उनको चोटको शल्यक्रिया गरिएको छ ।

उनी मे अगाडि मैदान फर्किन नसक्ने बताइएको छ । कोन्वेको अनुपस्थितमा चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाडका ओपनिङ जोडीका रूपमा न्युजिल्यान्डकै रचिन रविन्द्रलाई ल्याउन सक्छ ।

कोन्वले चोटका कारण अस्ट्रेलियाविरुद्धको तेस्रो ट्वान्टी २० र दुई खेलको टेस्ट शृंखला गुमाएका थिए ।

साविक विजेता चेन्नईले मार्च २२ मा रोयल च्यालेन्जर्स बेङ्लोरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।