इङ्लिस प्रिमियर लिग

राफिन्हा र टोरेस भित्र्याउने प्रयासमा आर्सनल

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलले स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका विंगर राफिन्हा र फेरान टोरेसलाई भित्राउन इच्छा देखाएको छ ।

राफिन्हा र टोरेस दुवैसँग प्रिमियर लिगको अनुभव पनि छ। आर्सनलले गत जुलाई ट्रान्सफर विन्डोमा पनि यी दुईलाई अनुबन्ध गर्न चाहेको थियो ।

ब्राजिलियन राफिन्हा सन् २०२२ मा इङ्लिस क्लब लिड्स युनाइटेडबाट बार्सिलोना पुगेका थिए । उनले क्लबका लागि ५५ स्पेनिस ला लिगा खेलमा ११ गोल गरेका छन् ।

यसैगरी स्पेनका टोरेस पनि सन् २०२२ मै म्यानचेस्टर सिटीबाट क्याम्प नोउ पुगेका थिए । टोरेसले ७२ स्पेनिस ला लिगा खेलमा १५ गोल गरेका छन् ।