इन्डियन प्रिमियर लिग

कमिन्स हैदरबादको नयाँ कप्तान

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)काे फ्रेन्चाइज सनराइजर्स हैदराबादले आफ्नो कप्तान परिवर्तन गरेको छ । नयाँ सिजनका लागि हैदराबालले अस्ट्रेलियाका प्याट कमिन्सलाई आफ्नो नयाँ कप्तान बनाएको हो  ।

गत संस्करणमा दक्षिण अफ्रिकाका एडेन मार्करमले हैदराबादको कप्ताती सम्हालेका थिए ।

हैदराबादले ३० वर्षीय कमिन्सलाई यसै सिजनको अक्सनमा २० करोड ५० लाख भारतीय रुपियाँ खर्चिएर अनुबन्ध गरेकाे हाे ।